नेपालकै चर्चित रियालिटि साे नेपाल अाइडलकाे फिनालेबाट रविलाई नेपाल अाइडल भएकाे घाेषणा गरिएकाे थियाे ।
धनगढि अडिसनबाट नेपाल अाइडलमा प्रवेश गरेका रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रदर्शन गर्दै सबैकाे मन जितेका थिए । पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन ।
देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए । नेपाल आइडलकाे फिनालेबाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंगलाई आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।